Thursday, February 25, 2010

हाँस्नुपर्छ सानु

खपेर हजार पीर-व्यथा,हाँस्नुपर्छ सानु
बिर्सेंर उही दुखान्त कथा,हाँस्नुपर्छ सानु

जीवन झर्ने पात न हो ओइलाई जान कति बेर
भत्काई बहको सगरमाथा,हाँस्नुपर्छ सानु

खात माथि खात बनी हृदय माथि बसे पनि
वेदनाको अमर गाथा,हाँस्नुपर्छ सानु

सुख भन्नु त डाँडा पारि तप्किएको जून न हो
दु:ख आफ्नो जायजेथा,हाँस्नुपर्छ सानु

सागर सुक्छ आसुँको मात्र तिमी मुस्कुराऊ
भोलि कस्तो हुन्छ के था(ह),हाँस्नुपर्छ सानु

तिम्रै लागि बाँची रहन्छु,

तिम्रै लागि बाँची रहन्छु, वियोगले जले पनि ।
टुट्न दिने छैन यो ज्यान, आँशु पिई गले पनि ।।

पीरतिको बोट हुर्काउन, मलजल हाली गोंडे मैले ।
ढल्न दिने छैन त्यसलाई, आँधीहुरी चले पनि ।।

नयाँ जीवन बनाउनलाई, संघर्स गरि हिंडेको छु ।
तिमी छ्यौनि दुःख छैन, यो भाग्ले छले पनि ।।

संगै मर्ने संगै बाँच्ने, बाचा तिम्ले गरेकी छ्यौ ।
उर्ठाई हाल्छ्यौ कहिंकतै, बेहोश भई ढले पनि ।।

एक पल्ट मर्न खोज्दा, खोस्यौ तिम्ले मृत्यूबाट ।
त्रि्रै नाम लिई रहनेछु, चिता माथि जले पनि ।।

देउ या नदेउ

फक्रेको छ यौवन देउ या नदेउ
म माग्छु यो जीवन देउ या नदेउ

माध्यम पर्याप्त छन् व्यक्त गर्न
सस्तो छ चुम्बन देउ या नदेउ

हट्नेछ पर्दा अवश्य एक दिन
चम्किलो गगन देउ या नदेउ

जहाँ म आफ्नो संसार देख्छु
त्रि्रा ति नयन देउ या नदेउ

छ प्यास अनन्त ति अधर भरि
मा‘याचवि’ लाई तनमन देउ या नदेउ

जीन्दगीमा बाच्नलाई

स्वास मात्र लिदैछु म जीन्दगीमा बाच्नलाई
हरेक दिन पिउदैछु म एकै छिन हास्नलाई

मेरो दिलको मन्दिरमा आगो सल्काइ गए पछि
हरेक पल जल्दैछु म तिमी बिना जीउनलाई

बादलमा कथा कोरी हावासँगै गएपछि
पर्खिएर बसेकोछु आउँछौ भनि तिमीलाई

देखाएर आशाहरु भावनामा खेलेपछि
पागलझै त्रि्रो यादमा नचाउदैछु आफैलाई

हरेक दिन पिउदैछु म एकै छिन हास्नलाइ
स्वास मात्र लिदैछु म जीन्दगीमा बाच्नलाइ

जहा घाउ लागेको

जहा घाउ लागेको छ त्यहि छुरी चलाउछौ
खरानी भै सकेको छु फेरी किन जलाउछौ

मेरो गल्ती केहि भए म सँग नै भन्दा हुन्थ्यो
किन अरु सँग मात्रै मेरो कुरा लगाउछौ

तिमी आफैं नाता जोड्छौ फेरि आफैं तोड्छौ
फेरी मेरै यादमा तिमी आँशु किन बगाउछौ

तिम्रो मेरो सम्बन्धनै छैन भनि हिड्छौ अरे
फेरी मलाइ भेट्न तिमी पाइला किन बढाउछौ

प्रेम के हो १ पूजा के हो १ तिम्लाई थाहा छैन भने
मन्दीरमा गै भगवानलाई फूल किन चढाउछौ

अझै बाँकी छ

चोट देउ यो मुटुमा ठाउँ अझै बाँकी छ
तिम्रै हातले लेखिएको नाऊ अझै बाँकी छ।

निस्फिक्री खेले हुन्छ खुशी छु म पराजएमै
तिम्म्रो पक्षको आखिरी एक दाउ अझै बाँकी छ

तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ
घरी घरी बल्झी रहने घाऊ अझै बाँकी छ

अप्सरा झै सिँगारिएर केको उत्सब मनायेउ हिजो
सप्त रंगी सिउदो भरि फाउ अझै बाँकी छ

जले सबै सपना हरु उराठ भयो जीन्दगी
अफ्सोच ई आँशुको तलाउ अझै बाँकी छ

आजभोलि

सुन्नमा पाएको छु तिम्रो नाम यताउती आजभोलि
यसै सहरमा छ रे भन्छन तिम्रो सवारी आजभोलि

तिमीलाई सम्झंदा हरे आफैसंग पनि शरम लाग्दछ
हेरन के भएको लेख्छुच्यात्छु मायाका चिठ्ठी आजभोलि

शहर छ ठुलो मान्छे छन् हजारौं भेटीने त्यसै हो होइन
कहीं निस्कंदा नजर जिज्ञासु इरादा जासूसी आजभोलि

जो देखूं जता हेरूं तिमी लाग्छ पागल पो भएँ कि म
हर कोहीसंग यत्ति मिल्छ की तिम्रो आकृति आजभोलि

मिलनको कल्पनाले रंगीन भएको छ मरे तुल्य जीबन
ताजै रहेछ यौबन बढेको छ फेरि ढुकढुकी आजभोलि

स्पर्समा तिम्रो मात थियो चुम्मनमा मोहनी पाउथें
भेटौंन कुनै साँझ मौसम पनि छ गुलाबी आजभोलि